नियम ११२
सम्पादन तथा प्रकाशन समिति
(१) अदालतले गर्ने विभिन्न प्रकाशन तथा सोको सम्पादन सम्बन्धी विषयमा नीति निर्धारण गरी त्यसको अनुगमन गर्ने समेतको कार्य गर्न अदालतमा सम्पादन तथा प्रकाशन समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ :–
(क) प्रधान न्यायाधीशले तोकेको अदालतको न्यायाधीश –अध्यक्ष
(ख) प्रधान न्यायाधीशले आवश्यकता अनुसार तोकेको
अदालतका अन्य न्यायाधीश–सदस्य
(ग) मुख्य रजिस्ट्रार –सदस्य
(घ) रजिस्ट्रार -सदस्य
(ङ) महान्यायाधिवक्ताले तोकेको नायब
महान्यायाधिवक्ता एक जना –सदस्य
(च) नेपाल बार एसोसिएसनको अध्यक्ष वा सो
एसोसिएसनले तोकेको पदाधिकारी एक जना –सदस्य
(छ) सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष वा सो

(ज) प्रधान न्यायाधीशले तोकेको कानून अध्यापन
गराउने संस्थासँग सम्बद्ध कानून शिक्षक एक जना -सदस्य
(झ) मुख्य रजिस्ट्रारले तोकेको सहरजिस्ट्रार -सदस्य-सचिव
(३) उपनियम (१) को खण्ड (छ) बमोजिमको सदस्यको पदावधि एक वर्ष हुनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको बैठकमा सम्बन्धित महाशाखा प्रमुख र शाखा प्रमुखलाई आमन्त्रण गर्न सकिनेछ ।
(५) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) नेपाल कानून पत्रिका, सर्वोच्च अदालत बुलेटिनको सम्पादन र प्रकाशन गर्ने,
(ख) अदालतको विषयगत नजिर, जिल्ला अदालत र उच्च अदालतबाट भएका गुणस्तरीय फैसला र अन्य आवश्यक पुस्तक र पुस्तिका सम्पादन र प्रकाशन गर्ने,
(ग) अदालतका महत्वपूर्ण फैसलाको अंग्रेजी अनुवाद र प्रकाशन गर्ने,
(घ) अदालतबाट हुने प्रकाशनहरुको बिक्री वितरण सम्बन्धी आवश्यक नीति तर्जुमा गर्ने ।